४ पुस २०८२, शुक्रबार | December 19, 2025

८ दलीय मोर्चाले एमसीसीविरुद्धको आन्दोलन थप सशक्त बनाउने



काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।

मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् ।

यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगगतन्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : १२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा