२४ असार २०८३, बुधबार | July 8, 2026

८ दलीय मोर्चाले एमसीसीविरुद्धको आन्दोलन थप सशक्त बनाउने



काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो ।

मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् ।

यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगगतन्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : १२ बजे

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन