२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित



काठमाडौं । एमाले सांसदको नाराबाजी भइरहँदा शुक्रबार पनि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेको छ ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन् । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेस गरे ।

यसपछि सभामुख सापकोटाले आउँदो आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ३९ बजे

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा

गण्डकी सरकारका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङेलाई

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि

भेरी अस्पतालमा सिकनसेल एनिमियाको छुट्टै वार्ड स्थापना गरिने

काठमाडौं । नेपालगन्ज स्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाको उपचारका लागि

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : एक सय ६२ सडक मानवको उद्धार

बागलुङ । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको