१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने



काठमाडौं । माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो ।

यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते आयोजना गरिएको पार्टी केन्द्रीय समितिको बैठक स्थगन गरी यही फागुन २० गते निर्धारण गरिएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रीय समिति बैठक बस्न नसक्दा पदाधिकारी चयन हुन सकेका छैनन् । पदाधिकारीका साथै स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न माओवादीले केन्द्रीय समिति बैठक बोलाएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सदनबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनबीचमै विमति देखिएको छ । माओवादी केन्द्र अहिले सडक, सदन र सडक तीनतिर आन्दोलित भएको अवस्था छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ४ : २१ बजे

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै