१६ भदौ २०८३, मंगलबार | September 1, 2026

कांग्रेस पदाधिकारी बैठक सानेपामा : भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए ।

केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए । ‘मेरो नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ, सोही विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ,’ नेता साउदले भने ।

पार्टीको केन्द्रीय समिति बैठकमा उठेका सुझावलाई समावेश गरेर विधान पारित भइसकेको हो । नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ ।

कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४औ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : २१ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त