१७ भदौ २०८३, बुधबार | September 2, 2026

कांग्रेसका चार सांसद, जसले एमसीसीको पक्षमा मत हाल्न बन्चित हुने



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।

एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।

यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् ।

साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरि र कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ३१ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका