४ पुस २०८२, शुक्रबार | December 19, 2025

देउवासँग पुनः छलफलका लागि एमाले नेताहरु बालुवाटार जाँदै, रातिसम्म सहमति हुने सम्भावना



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनः छलफल हुने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग छलफल गरेको थियो ।

एमाले र कांग्रेसबीच आजै रातिसम्म सहमति गरी भोलिसम्म नयाँ गठबन्धन बनाउने समझदारी भएको स्रोतले बताएको छ । जसरी पनि एमसीसी पारित गर्न अघि बढेका प्रधानमन्त्री देउवाले एमालको सबै सर्त मान्दै उसको सहयोगमा एमसीसी पारित गर्ने वातावरण बनाउन लागेका हुन् ।

एमालेको शर्त अनुसार देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन सहमत भएका छन् । देउवाको सन्देश लिएर आजै दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले सभामुख सापकोटालाई भेट गरी पदबाट राजीनामा दिन आग्रह गरेका थिए । सभामुखले राजीनामा नदिए सहमतिको वातावरण नबन्ने भन्दै खाँणले सापकोटालाई राजीनामा या महाअभियोगको सामना गर्न चेतावनीयुक्त सन्देश दिएको बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको