९ असार २०८३, मंगलबार | June 23, 2026

लुम्बिनी प्रदेशमा ७२ प्रतिशत महिला अधिकार हनन्



बुटवल । लुम्बिनी प्रदेशमा देशमै सबै भन्दा बढी मानव अधिकार हनन भएको एक तथ्याँकले देखाएका छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ मानव अधिकार उल्लंघनका घटनाहरु पिडितहरुले दर्ता गरेकामा लुम्बिनी प्रदेशमा मात्र १ हजार ७ सय ८६ मानव अधिकार हनन्का घटनाहरु दर्ता भएका छन ।

अपहरण, गिरफतारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानविय ब्यवहार, घाईते, हत्या, जातीय विभेद, अभिब्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा मात्र १ हजार ७ सय ८६ घटनाहरु दर्ता भएको वर्ष पुस्तकामा उल्लेख गरिएको छ । मुलुकभरकै मानव अधिकार हनन्का घटनामा अनुपातका हिसावले लुम्बिनी प्रदेशले मात्र २९ प्रतिशत ओगटेको छ ।

यसैगरि प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हनन्का घटना दर्ता भएका छन । ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजको आयोजनामा शनिबार बुटवलमा लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा हिसाका घटना ठुलो संख्यामा दर्ता हुनु निक्कै गम्भिर भएको जनाइएको छ । कार्यक्रममा बोल्दै ईन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उलंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडी रहेको भन्दै रिपोर्टको संख्या बढ्नु भनेको आम नागरिकमा सचेतना बढ्नु पनि रहेको दाबी गरे । लुम्बिनी प्रदेशमा महिला अधिकार हनन् पछि बाल अधिकार हनन्को घटना दोस्रो स्थानमा रहेको उनले बताए । उनले प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनिय रहेको पनि बताए ।

लुम्बिनी प्रदेश मुख्य न्यायाधिबक्ता श्रीकृष्ण सुवेदीले ईन्सेकको २९ वर्षदेखि निरन्तर प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तक एउटा महत्वपुर्ण पुस्तक भएको दाबी गरे । अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम पुस्तकको तथ्याकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिवद्घता जनाए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ५२ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३