१७ भदौ २०८३, बुधबार | September 2, 2026

माओवादी केन्द्रको बैठक सर्‍यो, दिउँसो २ बजेदेखि सुरु हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समय बैठकको समय सरेको छ । बिहान ११ बजेबाट हुने भनिएको बैठक आइतबार दिउँसो २ बजेदेखि मात्र सुरु हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा हुने मुख्यसचिव ढकालले जानकारी दिएका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे उठेका प्रश्नको जवाफ दिएपछि एजेण्डामा छलफल हुनेछ ।

राष्ट्रिय महाधिवेशन भएको लामो समय बितिसक्दा पनि माओवादीका केन्द्रीय पदाधिकारी चयन भएका छन्। आजको बैठकबाट केन्द्रीय पदाधिकारी चयन गर्ने तयारी छ । यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल गरिरहेका छन् ।

यसअघि शुक्रबार माओवादी केन्द्रीय समिति बैठक बसेको थियो । पदाधिकारी चयनका लागि गृहकार्य गर्नुपर्ने जनाउँदै शनिबार बैठक बसेको थिएन ।

गत पुस ११ गते १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्ष चयन भएका थिए । त्यस्तै, महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरेको थियो ।

यससँगै १५ सदस्यीय पदाधिकारी रहने गरी विधान संशोधन गरेको थियो । जसअनुसार, एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ०० बजे

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा

भोटेकोशी बाढी : शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर