१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रुपन्देहीमा सवारी उल्लंघन गर्ने ८ जनासहित ८४ सवारीसाधन नियन्त्रणमा



भैरहवा । होलीको अवसरमा रुपन्देहीको विभिन्न ठाँउबाट सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना हेलमेट, मापसे गरी सवारी चलाउने, उच्छृिंखल तरिकाले सवारी साधनको प्रयोग गर्ने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन गर्ने ८४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घाटना रहित बनाउनका लागि नै जिल्लाभर होलीका लागि मात्रै ५ सय प्रहरी परिचालन गरेको थियो । यसका साथै नियमित कामका लागि ७ सय बढी प्रहरी फिल्डमा रहेको थियो ।

होलीको अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए । मदिरा सेवन गरी सवारीसाधन चलाउने अवस्थामा पनि नरहेको पाएपछि ८ जनालाई नियन्त्रणमा लिएको डिएसपी पौडेलले जानकारी दिए ।

होलीलाई नै मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा चेकिङ बढाएको थियो । ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक केशब केसीका अनुसार २ हजार बढि सवारीसाधन चेकिङ गरिएको थियो, सुरक्षा व्यवस्था र चेकिङमा कडाई हुदा शुक्रबार सामान्य दुर्घटना पनि भएको छैन ।

होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि सुरक्षा कडा पारी जाँच गरिएको थियो, सो क्रममा ३ वटा स्कुटी र ८१ वटा मोटरसाइकल नियन्त्रण लिएका छौ प्रहरी निरिक्षक केसीले भने ।

होलीका लागि नियमित चेकजाँचसँगै पिकेट टोली, मोबाइल गस्ती, मोटरसाइकल र पैदल गस्ती, थप चेकिङ प्वाइन्ट, भिडभाड भएको स्थलमा प्रहरी परिचालन गरी सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ०६ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले