१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

रुपन्देहीमा सवारी उल्लंघन गर्ने ८ जनासहित ८४ सवारीसाधन नियन्त्रणमा



भैरहवा । होलीको अवसरमा रुपन्देहीको विभिन्न ठाँउबाट सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना हेलमेट, मापसे गरी सवारी चलाउने, उच्छृिंखल तरिकाले सवारी साधनको प्रयोग गर्ने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन गर्ने ८४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घाटना रहित बनाउनका लागि नै जिल्लाभर होलीका लागि मात्रै ५ सय प्रहरी परिचालन गरेको थियो । यसका साथै नियमित कामका लागि ७ सय बढी प्रहरी फिल्डमा रहेको थियो ।

होलीको अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए । मदिरा सेवन गरी सवारीसाधन चलाउने अवस्थामा पनि नरहेको पाएपछि ८ जनालाई नियन्त्रणमा लिएको डिएसपी पौडेलले जानकारी दिए ।

होलीलाई नै मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा चेकिङ बढाएको थियो । ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक केशब केसीका अनुसार २ हजार बढि सवारीसाधन चेकिङ गरिएको थियो, सुरक्षा व्यवस्था र चेकिङमा कडाई हुदा शुक्रबार सामान्य दुर्घटना पनि भएको छैन ।

होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि सुरक्षा कडा पारी जाँच गरिएको थियो, सो क्रममा ३ वटा स्कुटी र ८१ वटा मोटरसाइकल नियन्त्रण लिएका छौ प्रहरी निरिक्षक केसीले भने ।

होलीका लागि नियमित चेकजाँचसँगै पिकेट टोली, मोबाइल गस्ती, मोटरसाइकल र पैदल गस्ती, थप चेकिङ प्वाइन्ट, भिडभाड भएको स्थलमा प्रहरी परिचालन गरी सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ९ : ०६ बजे

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन