२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नियमित सरुवा रोकेर २५ डीएसपीको काज सरुवा



काठमाडौं । नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो । जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन । यस्तो अवस्थामा काज सरुवा गरेको हो ।

आवश्यकअनुसार काज खटाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि खटाइएको क्षेत्रमा काम गर्न भनिएको छ । काज सरुवा गरिएकामध्ये १० जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । डीएसपी प्रमुख हुने १० जिल्लाको इन्चार्ज फेरिएका हुन् ।

जसमा म्याग्दी प्रहरी प्रमुखको जिम्मेवारी तिलक भारतीले पाएका छन् । त्यस्तै पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतिक विष्ट, मनाङमा प्रेमसागर केसीलाई काज खटाइएको छ ।

त्यस्तै सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोतीलाई काज सरुवा गरिएको हो । हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौलालाई समेत काज सरुवा गरिएको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरुवा बढुवालाई तीव्रता दिइएको छ । निर्वाचन आयोगले केही दिनमा निर्वाचन आचारसंहिता लागू गर्दैछ । त्यस अगावै सरकार सुरक्षा निकायका अधिकारी तथा प्रशासन संयन्त्रमा ठूलो मात्रामा फेरबल गर्दै छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ०९ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन