२० मंसिर २०८२, शनिबार | December 6, 2025

मन्त्री गहतराजद्धारा बाँकेका १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता



बाँके । यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् ।

बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपौयाँ ब्याज अनुदान वितरण गरिएको हो ।

युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट सहकारी मार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिसत स्वरोजगार कोषले फिर्ता गर्ने नीति अनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले गृहजिल्ला (बाँके) बाट ब्याज रकम फिर्ता अभियान सुरु गरेका कुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरे । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करीव ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगसँगै स्वरोजगारको उपाय अवलम्वन गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न समेत अपिल गरेका थिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ०७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल