३ पुस २०८२, बिहिबार | December 18, 2025

चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहको चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि सोही अनुरुपको निर्णय गरेपछि अब तालमेलको मोडालिटी लगाइन लागिएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

३० वैशाखमा स्थानीय तहको निर्वाचन तय भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा तालमेलका लागि मोडालिटी तय हुने बताएका थिए । तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरुप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने भारत भ्रमणबारे पछि छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : २४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका