७ आश्विन २०८३, बुधबार | September 23, 2026

इजरायलको तेल अभिभमा गोली चल्दा दुईको मृत्यु, नौ जना घाइते



काठमाडौं । इजरायलको तेल अभिभ सहरमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । पछिल्लो दुई हप्तामा इजरायलमा भएको यो चौथो आक्रमण हो ।

गोलीबारी तेल अभिभ सहरको डिजेनगोफ स्ट्रिटमा भएको थियो, जुन सबैभन्दा व्यस्त ठाउँहरू मध्ये एक मानिन्छ। बार र रेष्टुरेन्ट भएको क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत पनि उच्च छ । टाइम्स अफ इजरायलका अनुसार डिजेनगोफको बारमा एक व्यक्तिले गोली हानेका हुन् ।

सुरक्षा बलले अहिले आक्रमणकारीको खोजी गरिरहेको छ। इजरायलको आपतकालीन सेवाका प्रवक्ताले आक्रमणपछि कम्तीमा ९ जनालाई अस्पताल लगिएको र तीमध्ये ४ जना जीवन र मृत्युको लडाइँ लडिरहेको बताएका छन् ।

बिहीबार राति एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आक्रमणमा मारिएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले आक्रमणमा संलग्नलाई खोज्ने कार्य जारी रहेको पनि बताएका छन् ।

उनले भनेका छन्,‘इजरायली सुरक्षा सेवा तेल अभिभमा यो रक्तपात गर्ने आतंककारीको खोजीमा छ। आतंकवादी जहाँ भए पनि हामी पुग्छौं र उसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

प्रहरी अधिकारीहरुका अनुसार इजरायल प्रहरी, आर्मी स्पेशल फोर्स र शिन बेट इन्टेलिजेन्स सर्भिसका १००० भन्दा बढी सदस्यले आक्रमणकारीको खोजी गरिरहेका छन् । इजरायली सुरक्षा बलहरू हालैका आक्रमणहरूलाई ध्यानमा राख्दै उच्च सतर्कतामा छन् ।

गत महिनाको अन्त्यमा एक प्यालेस्टिनी बन्दुकधारीले तेल अभिभमा पाँच जनाको हत्या गरेको थियो । यसअघि तीन अरब–इजरायलीहरूले दुई आक्रमणमा ६ जनाको ज्यान लिएका थिए ।

यी घटनाहरू इजरायलको उत्तरमा हादेरा र दक्षिणमा बेर्शेबा सहरका हुन् । तर, सबै आक्रमणकारीलाई गोली हानी मारिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ४९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज