३ पुस २०८२, बिहिबार | December 18, 2025

ठाउँ र अवस्था अनुसार चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको घोषणा



काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनसम्बन्धी संयुक्त अपील जारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकपछि संयुक्त अपील जारी गर्दै नेताहरुले स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

गठबन्धनले देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सबै साथीहरुलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त अपील मार्फत उनीहरुले हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण पनि गरेका छन् ।

अपीलमा भनिएको छ, ‘परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको हो । पाँचदलको यो ऐक्यवद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्तता र उन्नतीका लागि स्थानीय बासिनदाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरृेर अगिाडि बढ्ने घोषणा गर्दछौं ।’

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका