४ पुस २०८२, शुक्रबार | December 20, 2025

खुला व्यायाम बैशाख ३ मा



काठमाडौं । नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुने छ ।

आयोजकका अनुसार बारमा ४ र सर्किटमा ६ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै १० स्पर्धामा गरेको प्रदर्शनका आधारमा ओभरअल च्याम्पियन घोषणा गरिने छ । ओभरअल च्याम्पियनलाई ‘फिटेस्ट एथलिट’ को उपाधिसंगै ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

हरेक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने अध्यक्ष कार्कीले जनाए ।

पुरुषमा १ सय ८६ तथा महिलामा २९ खेलाडी सहभागी हुने छन् । महिलाले सर्किट वार्कआउटमा मात्र भाग लिने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पिलान्टोको साझेदारीमा हुने लागेको प्रतियोगिताका खेल सानोगौचरणमा हुने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको