२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

फिलिपिन्समा बाढीको वितन्डाः ५३ जनाको मृत्यु, गाउँ जलमग्न



मनिला–फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको सख्ंया बढ्ने अनुमान गरिएको छ । बाढीपहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन् ।

पहाडी हिमपहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन् । कम्तीमा ४७ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन् ।

पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन् ।

बाढीपहिरोमा दक्षिणी दाभाओ क्षेत्र, मिन्दानाओ र मध्य नेग्रोस ओरियन्टल प्रान्तमा पनि केहीको मृत्यु भएको फिलिपिन्सको राष्ट्रिय विपद् निकायले जनाएको छ । दक्षिणी र पूर्वी फिलिपिन्स टापुहरूमा १ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ३३ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको