८ बैशाख २०८१, शनिबार | April 20, 2024

डोल्पावासीका दुःख : जहाज र स्थलमार्गको खर्च बराबर



सुर्खेत । कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ । फर्कंदा ५ हजार भाडा कायम गरिएको छ ।

जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरू बताउँछन् । त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ । करिब १७ मिनेटको उडान रहने गर्छ ।

स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरू बताउँछन् । सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लु सम्मा ७ सय, अनाहबाट खदाङ १ हजार, खदाङबाट त्रिपुरोकाट ५०० र सुपानीबाट दुनै ४ सय भाडा तिनुपर्ने बाध्यता रहेको छ ।
खाना खर्च, बाटोमा सामग्री नदी पार गराउँदा छुट्टै शुल्क लाग्ने भएपछि जहाजमा उडार गरेझैँ खर्च लाग्ने डोल्पा त्रिपुरासुन्दरी–३ का रामबहादुर धरालाले बताए । तोकिएको समयमा भेरी करिडोर भित्र पुल निर्माण नहुँदा सधैँ सर्वसाधारणले सास्ती भोग्नु परेको उनले बताए ।

भेरी करिडोर भित्र १३ वटा पुल निर्माण कार्य जारी रहे पनि असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुने कुरामा शंका रहेको यात्रु बताउँछन् । निजी प्रदायक कम्पनीका जहाजले मात्र डोल्पामा उडान भर्दा हवाई भाडासमेत चर्को रहेको छ । उसो त कर्णालीको हुम्ला र मुगुमा समेत चर्को भाडा रहेको छ ।

यी हिमाली जिल्लामा जहाजको यात्रा गर्न लाग्ने बजेटले विदेशमा घुमेर आउन सकिने पत्रकार प्रभात चलाउने बत्ताउँछन् । हुम्लामा जहाज उडानका लागि मन्त्रीदेखि सांसदसम्मले भनसुन गर्नुपर्ने देखि केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउनेसम्माका काम गर्नुपरेको छ ।

चार दिनअघि मात्र हुम्लामा जहान नियमित बनाउन माग गर्दै कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ले ध्यानाकर्षण पत्र पठाएका थिए ।

डोल्पाका सांसद वीरबहादुर शाहीले ६ महिना अघि मात्र नेपाल बायु सेवा निगमको जहाजद्वारा डोल्पामा उद्धार भर्नुपर्ने भन्दै ज्ञापनपत्र नै बुझाएका थिए ।

जहाजका लागि ज्ञापनपत्र सम्मा बुझाउने नेता तथा सांसदले सडक सञ्जाललाई व्यवस्थित बनाइ सबैको पहुँचमा सडक बनाएको भए भारी खर्च गरेर यात्रा गर्नुपर्ने बाध्यता कसैलाई नहुने सर्वसाधारणहरू बताउँछन् । हिमाली जिल्लामा टिकटका लागि सधैँ दसैँ र तिहारका जस्तै दबाब र पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ३८ बजे

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले