३ पुस २०८२, बिहिबार | December 18, 2025

महानगर र उपमहानगरको भागवण्डा मिलाउन सत्ता गठबन्धन बैठक जारी



काठमाडौं । महानगर र उपमहानगरपालिकाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेको सत्ता गठबन्धनका पाँच दलबीच भागवण्डाको विषय भने अझै मिल्न सकेको छैन ।

उम्मेदवारी मनोनयन दर्ताको दिन नजिकिँदै जाँदा गठबन्धन दलहरुलाई सिट बाँडफाँडबारे निर्णय गर्नैपर्ने
अवस्था आइसकेकोछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको दिन तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कुन दलले कति पाउने र कहाँ कहाँ पाउने भन्नेबारेमा छलफल भैरहेको छ । बैठकमा गठाबन्धनका शीर्ष नेताहरुसहित निर्वाचन तयारी समितिका नेताहरु समेत समेल भएका छन् ।

स्थानीय तहको सिट बाँडफाँडका लागि आइतबार बसेको बैठक ठोस निस्कर्ष निकाल्न नसकी सकिएको थियो ।

 

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : २७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका