२७ असार २०८३, शनिबार | July 12, 2026

एमाले खजुराले ल्यायो ११२ बुँदे प्रतिबद्धतापत्र



खजुरा । नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिबद्धता पत्र सार्वंजनिक गरेको छ । एमालेको विरासत जोगाउने उद्देश्य सहित घोषणापत्र ल्याईएको वर्तमान पालिका अध्यक्ष एवं एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

गांउपालिका कमिटीले बनाएको प्रतिबद्धतापत्र एमाले बाँकेका अध्यक्ष कक्षपति, सचिव रत्न खत्री, गाउँपालिकाका उपाध्यक्ष एकमाया विक लगायतले लगायतले सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्रमा काठमाडौंंको बुढानिलकण्ठ स्कुलको मोडलमा खजुरामा एउटा विद्यालय सञ्चालन गर्ने, माध्यमिक तहका सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने उल्लेख छ ।

त्यसैगरी ५ वर्षभित्र खजुराका सबै ग्राभेल सडक कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ ।

एमालेबाट खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्लले प्रतिबद्धता पत्र सिरानीमा राखेर सुत्न र कार्यान्वयन भए नभएको हेर्न खजुराबासीसँग अनुरोध गरेका छन् । उनले भने, ‘मैले प्रतिबद्धता जनाउने मात्र होइन । पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ४३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका