१८ माघ २०८२, आइतबार | February 1, 2026

खेलाडीको पक्षमा बोल्दै कप्तान किरणले भने:- प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट छु



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विबाद बाहिर आएसँगै किरण आफ्ना सहकर्मीको पक्षमा देखिएका हुन् ।

हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका किरणले भने, `राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ ।´

यसअघि एसियन कप २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको बिषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसंग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य ९ खेलाडीले सहमति जनाउदै होटेल सहित टिम अभ्यास सत्र छाडेका थिए ।

यस्तै किरणले जायज माग उठाउदा क्याम्प नै छोड्न लगाउनु सहि नभएको र आफू खेलाडी पक्षमा रहेको धारणा राखेका हुन् ।

`राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु । जय नेपाल, ´ किरन भन्छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ४४ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा