२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बुटवल उपमहानगरले नगरबासीलाई अपनत्व दिन सकेन, नगरबासी निरास छन् : खेलराज पाण्डेय (भिडियो अन्तवार्ता)



बुटवल । बुटवल उपमहानगरका लागि नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बुटवल उपमहानगरका वर्तमान मेयर शिवराज सुबेदीले एकलौटी उपमहानगर चलाउन खोज्दा नगरबासीमा निरासा छाएको बताएका छन् । खबरकुरासंगको अन्तरवार्तामा कांग्रेस नेता पाण्डेयले अन्यदललाई मात्र नभएर वर्तमान मेयरले आफ्नै पार्टीका सहकर्मीहरुलाई पनि समेट्न नसकेको आरोप लगाए ।

उनले आफुले चुनाव जितेमा पूर्व मेयरहरुलाई स्थान दिएर सबैको सल्लाहमा उपमहानगर चलाउने बताए । मेलमिलाप आफ्नो मुल मन्त्र भएको उल्लेख गर्दै सबैलाई समेटेर मात्र बुटवलको विकास गर्न सकिने बताए । उनले उपमहानगरको कमजोरी कै कारण हजारौंको संख्याका अव्यवस्थित बसोबास गरिरहेका नागरिकले लालपुर्जा पाउन नसकेको बताए । तिनाउ दानव करिडोर आसपासका नागरिकले जग्गा गुमाएको लामो समय बैकल्पिक बास पाउन नसकेको भन्दै उनले मोतीपुरबासीलाइ पनि औद्योगिक करिडोरका नाममा उठिबास गराइएको बताए । ५ वर्षको अवभिमा नागरिकले राहत पुग्ने गरि कुनै काम नभएको पाण्डेयको आरोप छ ।

पाण्डेयले आफुले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै सुक्दै गएको बजारलाई माथि उठाउन योजनाबद्ध काम गर्ने बताए । एमालेकै कारण राजधानी बुटवलबाट गएको बताउँदै कांग्रेस बुटवलको नगर सभापति समेत रहेका पाण्डेयले अव बुटवललाई आर्थिक राजधानीकारुपमा विकास गर्न आवश्यक रहेको बताए ।

अघिल्लो निर्वाचनमा पनि पराजय भोगेका खेलराजले अन्तवार्तामा भनेका छन् – ‘म चुनाव सएिको दिन शिवराज जीलाई अंकमाल गरेर बधाई दिएपछि एक दिन आराम गरें, त्यसपछि लगातार जनताकै सेवामा रहेको छु ।’

 

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ५८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको