१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवल एमालेको निर्वाचन प्रचारप्रसार तिब्र



बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिकाले निर्वाचन प्रचारप्रसारको क्रममा आईतवार बुटवल वडा नम्बर ७ मा घरदैलो गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षीत गर्दै एमालेले घरदैलो कार्यक्रमलाइ तिब्र रुपमा अगाडी बढाईरहेको छ । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई, उपमेयरका उम्मेदवार सावित्रा अर्याल तथा वडा अध्यक्षका उम्मेदवार सीता थापा आचार्यको नेतृत्वमा वडा सदस्यका उम्मेदवार सहितको र्यालिसहितको टोलिले घरदैलो गरेको हो ।

घरदैलोको क्रममा सर्वसाधारणले एमालेको अगुवाइबाट नै बुटवलको बिकासले फड्को मारेको भन्दै अबपनि बाँकि काम पूरा गर्न एमालेको जित अनिवार्य रहेको बताएका थिए ।

बुटवलको समृद्धिमा एमालेले अगाडी सारेका नारा लेखिएका व्यानर र झण्डा बोकेर घर आँगनमा पुगेका उम्मेदवारहरुलाई जेष्ठ नागरिकहरुले टीका र फुल लगाईदिएर जितको शुभकामना दिएका थिए ।

बुटवलको बिकासमा एमालेले गरेका कामहरुलाई हेरेर पनि एमालेका उम्मेदवारलाई भोट हाल्ने उनीहरुले वचन दिएका थिए । नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईले आफू जुन संस्थामा पुगेपनी त्यहाँ परिवर्तन गरेर देखाएको उल्लेख गर्दै बुटवलको बिकासमा योगदान गर्ने अवसर दिन मतदाताहरुलाई आग्रह गरे ।

उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले आफ्नो जिवननै महिला र सामाजिक बिकासमा समर्पित रहेको र एकपटक नेतृत्व तहमा रहेर काम गर्ने अवसर दिन आग्रह गरिन ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।