२१ बैशाख २०८३, सोमबार | May 4, 2026

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला



काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका–१ कलौन बस्ने ४० वर्षीय अंकित प्रशाद भट्ट मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका–२ सिन्केलेक भन्ने स्थानमा आइतबार उनी मृत अवस्थामा फेला परेका हुन् ।

विगत ३ दिनदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

गोरखाको भिमसेन थापा गाउँपालिका–१ कनकामना सामुदायिक वनमा सोही गाउँपालिका–४ बस्ने ७८ वर्षीया फुलमती सार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको महाकाल गाउँपालिका–२ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन सोही ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ गोबरियास्थित नालामा सोही नगरपालिका–१८ निम्बुखेडा बस्ने ५५ वर्षीय जगदिश महरा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–८ सप्तकोशी नदीको किनारामा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी ९पूर्व०को मध्यबिन्दु नगरपालिका–१५ रानिचौरस्थित नारायणी नदीको किनारामा कावासोती नगरपालिका–६ बस्ने २५ वर्षीय प्रकाश भुषाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कावासोती नगरपालिका–१३ पिठौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ३० बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र