१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कपिलवस्तुमा कांग्रेसबाट उपमेयर र दाङमा एमालेबाट वडा अध्यक्षका उम्मेदवारको मृत्यु



काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनः उम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।

कांग्रेसले कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाइसकेको छ । उपमेयरका उम्मेदवारको निधन भएका कारण त्यहाँको चुनाव स्थगित हुनसक्ने देखिएको छ । निर्वाचन कार्यालयले मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले यसबारे निर्णय गर्नेछ ।

उता, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

चुनाव प्रचारको क्रममा बिरामी परेका चौधरीको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनको अवस्था चिन्ताजनक भएपछि नेपालगन्जस्थित भेरी अस्पतालबाट रहेको त्रित्रि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो । चौधरीको शवलाई दाङ लैजाने तयारी भैरहेको एमालेले जनाएको छ ।

 

न्।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ४९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम