४ पुस २०८२, शुक्रबार | December 19, 2025

खेलकुद मन्त्री अथकद्धारा भारोत्तोलन खेलाडी चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान



नेपालगन्ज । भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके लगिएको छ । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीकालागी राखिएको छ । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन मन्त्री अथक बेलासपुर पुगेका थिए ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले सन्जु प्रति श्रद्धाञ्जली अर्पण गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिईन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिईन् ।

चौधरीको उहाँकै गृहनगरमा बुभबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरीएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ११ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज