२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरामा एमालेको अग्रता, एमाले अध्यक्ष उम्मेदवार मल्लको वार्डमा कांग्रेस विजयी



खजुरा । बाँकेको खजुरामा अग्रता लिईरहेको गठबन्धनका अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारहरुलाई पछि पार्दै एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् । मध्यराती सम्म अग्रता लिएका गठबन्धनबाट अध्यक्ष उम्मेदवार डम्बर बिक र उपाध्यक्ष उम्मेदवार कांग्रेसबाट मन्जु मल्ललाई पछि पार्दै एमाले अध्यक्ष उम्मेदवार सुमन मल्ल र उपाध्यक्ष उम्मेदवार ताजरुन निसाले अग्रता लिएका हुन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार खजुरामा एमालेका मल्लले ११५१ मतका साथ अग्रता लिएका छन् भने उनलाई माओवादी केन्द्रका उम्मेदवार डम्बर विकले ६६७ मतका साथ पछ्याईरहेका छन् । राप्रपाका उम्मेदवार धनसिँह रानाले २० मत पाएका छन् ।

त्यसैगरि उपाध्यक्षमा एमालेकी नीसाले ९३६ मतले अग्रता लिँदा कांग्रेसकी मल्लले ९०९ मत सहित पछ्याईरहेका छन् । उपाध्यक्षमा राप्रपाका तिलकुमारी हमालले २१ मत पाएका छन् ।

यसअघि एमालेबाट अध्यक्षका उम्मेदवारको गृह वार्ड समेत रहेको वार्ड नम्बर १ बाट कांग्रेस उम्मेदवार मनबिर क्षेत्री वडा अध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३० बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४