८ पुस २०८२, मंगलबार | December 23, 2025

खजुराको २ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका धनराम ओली विजयी, पालिका अध्यक्षमा एमालेको अग्रता



खजुरा । बाँकेको खजुरामा माओवादी केन्द्रले खाता खोलेको छ । गाँउपालिकाको वार्ड नम्बर २ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार धनराम ओली क्षेत्री विजयी भएका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले २४२९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार समरबहादुर खत्रीले २०५१ मत प्राप्त गरे । राप्रपाका मनोज सुनारले १९१ मत प्राप्त गरे ।

वडा सदस्यहरुमा एमालेका रामकुमार सुनार र दिपु राना विजयी भएका छन् भने महिला सदस्यमा कांग्रेसकी विष्णु सुनार र दलित महिला सदस्यमा एमालेकी बालकुमारी सुनार विजयी बनेकी छन् ।

पालिका अध्यक्षमा एमालेको अग्रता
पालिका अध्यक्ष पदमा भने एमालेका सुमन मल्लले मतान्तर बढाउँदै अगाडी बढेका छन् । सुमन मल्लले ३५६६ मत पाउँदा गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर विकले २७६६ मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्ष तर्फ एमालेकी ताजरुन नीसाले २९७२ मत ल्याउँदा कांग्रेसकी मन्जु मल्लले २९४६ मत पाएकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ३३ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३