खजुरा । खजुरा गाउँपालिकाको निर्वाचनमा लगातार अग्रता लिँदै आएका एमाले उम्मेदवार सुमन मल्लसँग दुरी घटाउँदै गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले मल्लको नजिकै पुगेका छन् । दिभरी ८०० को हाराहारीमा मतान्तर रहेपनि साँझ १० बजेको अपडेटमा दुरी घटेर ३१५ मा पुगेको छ ।
गठबन्धन तर्फका उम्मेदवार तुफानले वडा नम्बर ५ मा गएर आफनो मतसंख्या बढाउँदै मतान्तर घटाएका हुन् । खजुराबाट प्राप्त पछिल्लो परिणाम अनुसार कुल १४३३६ मत गणना गर्दा एमालेका सुमन मल्लले ६६०० मत पाएका छन् भने गठबन्धनका तुफानले ६२८५ मत पाएका छन् ।
अहिले गणना भैरहेको ५ नम्बर वडाबाट गठबन्धनको ६१३ मत ल्याउँदा एमालेले २४९ मत पाएको छ ।
खजुरा गाउँपालिकाको उपाध्यक्ष भने गठबन्धकी मन्जु मल्लले १९८ मतले मतान्तरले अग्रता लिएकी छन । उनले ५८५१ मत पाउँदा एमालेकी ताजरुन निशाले ५६५३ मत पाएकी छिन ।
८ वटा वार्ड भएको खजुरामा माओवादीले २ स्थानमा र एमाले र कांग्रेसले १-१ स्थानमा वडा अध्यक्ष जितेका छन् ।



















प्रतिक्रिया