३० श्रावण २०८३, शनिबार | August 15, 2026

धनगढीमा स्वतन्त्र उम्मेदवार अघिअघि, कांग्रेस र एमालेको संयुक्त मतभन्दा स्वतन्त्रका हमालको मत बढी



धनगढी । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको भारी मतान्तरले अगाडि बढेका छन् ।

मंगलबार बिहानसम्म १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन् । हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन् । एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन् ।

मेयरमा हमाल जिततिर अगाडि बढेका छन् । वड र चन्दको संयुक्त मत जोड्दा पनि हमालको मत बढी हुन्छ । वड र चन्दको संयुक्त मत ६ हजार २८ मात्र पुगेको छ । धनगढीमा ५२ हजार १८१ सय मत खसेको थियो ।

वड सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी धनगढीका निवर्तमान मेयरसमेत हुन् ।

उपमेयरमा गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीले सुरुवातमा फराकिलो अन्तरले लिड गरेपनि एमालेकी उम्मेदवार कन्दकला राननले अहिले मतान्तर घटाएकी छन् ।

अधिकारीले २ हजार ९४० मत प्राप्त गर्दा रानाले २ हजार ८४५ मत पाएकी छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : १९ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर