खजुरा । बाँकेको खजुरामा लगातार अग्रता लिंदै आएका एमाले उम्मेदवार सुमन मल्ललाई गठबन्धनबाट माओवादी उम्मेदवार डम्बर बिक तुफानले पछाडी पार्न थालेका छन् । गाँउपालिकाको ६ नम्बरको मतगणना जारी रहँदा मल्ल पछि पर्दै गएका हुन् ।
खजुराबाट प्राप्त पछिल्लो परिणाम अनुसार मल्ललाई बिकले १३२ मतले पछाडी पारेका छन् । बिकको ७७९२ मत आउँदा मल्लले ७५८२ मत पाएका छन् ।
खजुरामा वडा नम्बर ५ सम्मको नतिजा सार्वजनिक भइसकेको छ । जसमा वार्ड नम्बर १ काँग्रेसले २,४ र ५ माओवादी केन्द्र र ३ एमाले उम्मेदवार विजयी भएका छन् । ६ र ७ को मतगणना जारी छ ।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनकी मन्जु मल्लले आफनो अग्रता बढाएकी छिन । मन्जु ९२१ मतले अगाडी छिन । उनले ७३८७ मत पाउँदा एमालेकी ताजरुन निशाले ६४६६ मत प्राप्त गरेकी छिन



















प्रतिक्रिया