२९ असार २०८३, सोमबार | July 13, 2026

तालमेल असफल भयो भन्ने छैन, संघ र प्रदेश निर्वाचनमा तालमेल हुन सक्छ :- नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र सङ् संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।

‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भने ।

गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुत बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुन सक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।

७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा मात्र गठबन्धन दलहरूबीच तालमेल भएको थियो ।

गठबन्धन दलहरू नै बलियो भएको स्थानीय तहमा भने आफूहरूबीच नै प्रतिस्पर्धा भएको थियो । जसलाई गठबन्धन दलहरूले मित्रवत् प्रतिस्पर्धा भनेका थिए ।

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ८ : ४० बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली