१ पुस २०८२, मंगलबार | December 16, 2025

श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी



कोलम्बो । प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । देश आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।

श्रीलंकाले विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ, जसका कारण इन्धन, खाद्यन्नलगायत अत्यावश्यक बस्तुको चरम अभाव देखिएको छ । आर्थिक संकटबीच महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले दुई साताअघि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

श्रीलंकाका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयवर्धनेका भतिजा विक्रमासिंघे राष्ट्रपति रानासिंघे प्रेमदासाको हत्यापछि सन् १९९३–१९९४ सम्म पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

वकिल हुँदै राजनीतिमा लागेका विक्रमासिंघे ४५ वर्षदेखि संसद् सदस्य छन् । सन् २०२० को अगस्टमा जारी संसदीय निर्वाचनमा लज्जास्पद पराजय चाखेको युनाइटेड नेसनल पार्टी ९यूएनपी० का नेता विक्रमासिंघेको दुई वर्षपछि महत्वपूर्ण कम ब्याक भएको छ ।

विक्रमासिंघेले आफ्नो साढे चार दशक लामो राजनीतिक करियरमा धेरै महत्वपूर्ण पदहरू सम्हालेका छन् । सन् २००१ को आमनिर्वाचनमा युनाइटेड फ्रन्ट गभर्मेन्ट विजयी भएपछि उनी सन् २००१–२००४ सम्म प्रधानमन्त्री बनेका थिए । -एजेन्सी

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १ : २६ बजे

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर