८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजितः जेलेन्स्की



किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् । ‘एकता हतियारका बारेमा हो । के यो एकता व्यवहारमा छरु म यो देख्न सक्दिन । हामी वास्तवमै एकताबद्ध हुँदा रुसमाथि हाम्रो ठूलो फाइदा हुनेछ’, जेलेन्स्कीले विश्व आर्थिक सम्मेलनमा भने ।

वासिंगटन र युरोपेली देशहरूले युक्रेनमा अर्बौं डलरको हतियार उपलब्ध गराएका छन्, ताकि युक्रेनी सेनाले रुसी फौजलाई परास्त गर्न सकियोस् ।

युक्रेनले अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनमा थप समर्थन, सदस्यता र देशमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ । किभले ठूलो सहयोग, अमेरिकी नेतृत्वमा रहेको नेटो गठबन्धनको सदस्यता र युक्रेनमा नो–फ्लाई जोन लागू गर्न आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको समर्थनको लागि कृतज्ञ रहेको बताए । ‘हामी युरोपेली महादेशमा छौँ र हामीलाई एक संयुक्त युरोपको समर्थन चाहिन्छ’, उनले थपे ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : ४० बजे

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र

कुनै सहमति नगरी सकियो कार्यदल बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध