५ पुस २०८२, शनिबार | December 20, 2025

मकवानपुर गोल्डकप जेठ १९ गतेदेखि हुने



हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट मकवानपुर गोल्डकप हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने जनाएको हो ।

जेठ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला समन्वय समिति मकवानपुर र १० वटै पालिकाको प्रायोजन रहेको छ । एक विदेशी क्लब, ए डिभिजन क्लब सहित दशवटा क्लबहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करिब १ करोड १७ लाख रुपैयाँ लागत अनुमान गरिएको जिल्ला फुटबल संघको अध्यक्ष टीकाराम लामाले बताए । प्रतियोगिताको लागि बागमती प्रदेश सरकारले ८ लाख, जिल्ला समन्वय समिति, मकवानपुरले ५ लाख, हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य स्थानीय तहहरूबाट ४० लाख रुपैयाँ सहयोग गरिएको छ ।

प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, फ्रेन्डस् क्लब, खुमलटार युवा क्लब, क्यामरुनको एभिनिएर एफसी, सिमरा ११, बागमती युवा क्लब, सर्लाही, विजय यूथ क्लब, हेटौंडा र चितवन एफसीले सहभागिता जनाउने जिल्ला फुटबल संघ मकवानपुरका महासचिव छवि सुवेदीले बताए ।

फुटबल संघको जिल्ला अधिवेशनका कारण प्रतियोगिता सञ्चालन गर्न ढिलाइ भएको संयोजक प्रताप विष्टले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रिस्टारले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर ११ ले जितेको थियो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ४८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य