१४ असार २०८३, आइतबार | June 28, 2026

मकवानपुर गोल्डकप जेठ १९ गतेदेखि हुने



हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट मकवानपुर गोल्डकप हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने जनाएको हो ।

जेठ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला समन्वय समिति मकवानपुर र १० वटै पालिकाको प्रायोजन रहेको छ । एक विदेशी क्लब, ए डिभिजन क्लब सहित दशवटा क्लबहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करिब १ करोड १७ लाख रुपैयाँ लागत अनुमान गरिएको जिल्ला फुटबल संघको अध्यक्ष टीकाराम लामाले बताए । प्रतियोगिताको लागि बागमती प्रदेश सरकारले ८ लाख, जिल्ला समन्वय समिति, मकवानपुरले ५ लाख, हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य स्थानीय तहहरूबाट ४० लाख रुपैयाँ सहयोग गरिएको छ ।

प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, फ्रेन्डस् क्लब, खुमलटार युवा क्लब, क्यामरुनको एभिनिएर एफसी, सिमरा ११, बागमती युवा क्लब, सर्लाही, विजय यूथ क्लब, हेटौंडा र चितवन एफसीले सहभागिता जनाउने जिल्ला फुटबल संघ मकवानपुरका महासचिव छवि सुवेदीले बताए ।

फुटबल संघको जिल्ला अधिवेशनका कारण प्रतियोगिता सञ्चालन गर्न ढिलाइ भएको संयोजक प्रताप विष्टले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रिस्टारले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर ११ ले जितेको थियो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ४८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा