१६ बैशाख २०८१, आइतबार | April 28, 2024

वेपत्ता जहाज खोज्न हेलिकोप्टर परिचालन



काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज वेपत्ता भएपछि खोजविनका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले जानकारी दिएका छन् ।

हेलिकोप्टरले टुकुचे, घाँसा, लेते आसापको धौलागिरी क्षेत्रमा खोजी सुरु गरेको छ । जहाज जोमसोमको आकाशमा देखिएपनि लगत्तै धौलागिरी हिमालतिर फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।

बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको जहाज १० बजेर १० मिनेटपछि सम्पर्कबिहीन बनेको थियो । जहाज अहिलेसम्म भेटिएको छैन ।

उक्त जहाजमा १३ नेपाली, ६ भारतीय यात्रुसहित तीन जना चालकदलका सदस्य रहेका थिए । जहाजमा रहेका २२ जनाकै नाम खुलिसकेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ४८ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा