१८ माघ २०८२, आइतबार | February 1, 2026

अमेरिकाको हेरिस्वर्गमा बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान हुने



इलाम । अमेरिकाको हेरिस्वर्गमा बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौं श्रृखला आयोजना हुनेभएको छ ।

विश्व भूटानी साहित्य समाज (जिबिएलओ) बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागेको अनुष्ठानबारे जुममार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो ।

 

विश्वभरी रहेका नेपालीभाषी साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए ।

अमेरिकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखि ३१ तारिखसम्म सञ्चालन हुने कार्यक्रममा पुस्तक विमोचन, कार्यपत्र, सिद्धान्तमाथि बहस, साहित्यिक साँझसहित साँस्कृतिक साँझ र स्रष्टा भ्रमण गरी विभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए ।

यसका साथै यस पटकदेखि नेपाली साहित्यमा विशिष्ट योगदान गर्दै आएका अग्रजलाई सम्मान समेत गरिने जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिल बहादुर क्षेत्रीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्राडा गोविन्दराज भट्टराई, सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागिता रहने जिबिएलओका महासचिव पातलो अन्तरेले जानकारी दिए ।

कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्राडा कविता लामाले कार्यपत्र प्रस्तुत गर्ने र भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिको लगायतका देशहरुबाट समेत सहभागीता रहने कार्यक्रमका प्रचार संयोजक अर्जुन प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ३२ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४