७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालले आफ्नो भूभाग चाहियो भन्नु कुनै गल्ती होइन : ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूगाग चाहियो भन्नु कुनै गल्ती नभएको बताएका छन् ।

अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याई नभएको बताएका हुन् ।

मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भईसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए । अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरुको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्च स्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि स्मरण गराए ।

ओलीले भने भने, ‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नु पर्छ । पारस्पारिक सम्मान, पारस्पारिक लाभको आधारमा मिछेक सम्बन्ध बढाउनु पर्दछ । अव छिमेक सम्बन्ध गर्दा समस्या छदैछन भने हेपिएको महसुस भईराखेको छ भने वास्तवमा सम्बन्ध सुमधुर हुँदैन, आत्मीय हुँदैन । मित्रतापूर्ण सम्बन्ध हुँदैन । मैले हाम्रा छिमेकीहरुसँग उच्च स्तरमा संवाद गर्दा यी कुराहरु राखे । यदि हाम्रा अलिकति पनि अमिलोपन, चिसोपन रह्यो । भन्न नसक्ने, बोल्न नसक्ने अवस्था रह्यो भने मित्रता कसरी रहन्छ ? हामी एक आपसमा बोल्न नसक्ने, भन्न नसक्ने अवस्थामा छौ तर मित्रताका कुरा गर्छौ भने एउटाले दपेटछ, अर्को दपेटिन्छ भने, भन्न सक्दैन भने त्यहाँ वास्तविक मित्रता कसरी हुन्छ ? त्यसकारण हामीले हाम्रो बीचमा समस्या छन भने ती समस्या समाधान गर्नु पर्छ । अनि त्यसपछि मात्रै वास्तविक मित्रता हुन्छ । र, एक्काईसौं शताब्दीमा हामीले समस्याहरु भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरुले आफना सत्ता स्वार्थहरुलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरुको प्रश्नमा सौदावाजी गर्नु हुन्न । राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ । खुलस्त पनि हुनुपर्छ । भन्न खोजेका कुरा नबुझिने गरी प्रस्तुत भएर के हुन्छ ? हामीले मानेका सन्धि, सम्झौंताले तय गरेका सीमालाई हामीले मानेर र यदि हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो । एक सय ४६ वर्ष हामीले भोगचलन ग¥यौं । त्यसपछि एउटा समय सन्दर्भमा हाम्रो कालापानीमा भारतीय फौज आएर बस्यो । र साठी वर्षदेखि त्यहाँ छ । कालापानीमा भारतीय फौज भएको हुनाले उता लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौं । यो बिल्कुल यथार्थ हो । मैले अहिले भनिन भने पनि, मैले भनिन भने पनि अलि पछि नेपालीले भन्ने छन । भन्छन भन्छन, भन्नैपर्छ । र, यस्तो समस्या सुगौली सन्धि सो सबैको मानेको छ । यसबाट प्राप्त गरेको भूभाग हो यो । यसमा हामीले अर्घेल्याई ग¥र्यौं कि भन्ने ठान्नुपर्ने कुनै आवश्यक्ता छैन । अनि कहिल्यै पनि उठाउने, कसैले पनि नबोल्ने अनि हाम्रौ भौगोलिक अखण्डता, हाम्रो सीमा सम्बन्धि प्रश्न, हाम्रो सीमा यो हो । छलफल गरौं र यसलाई टुंग्याऔं । यो हाम्रो भूभाग चाँही हामीलाई फिर्ता चाहियो भन्ने कुरा कुनै अर्घेल्याई होइन । यो सम्बन्ध बिगार्ने कुरा पनि होईन । यस्ता कुरालाई सल्टयाउनुपर्छ । नेपालमा राजनीतिक खचपच नभएको भए लिम्पियाधुरा, लिपुलेक, कालापानी वा अन्य सीमा सन्दर्भहरु चाँही अहिलेसम्म समस्या समाधान भईसक्थ्यो भन्ने मलाई लाग्छ । यो विषयमा मैले खुलस्त छलफल गरेको थिए । यो मित्रतालाई सुदृढ गराउनका लागि हो ।’

अध्यक्ष ओलीले हामीले आफनो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध विगार्नु नरहेको पनि पटकपटक दोहो¥याए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ५७ बजे

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा