१३ आश्विन २०८३, मंगलबार | September 30, 2026

एसपीपी अस्वीकार गरेकोमा चीनद्वारा नेपालको प्रशंसा



काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी स्टेट पाटर्नरशीप प्रोग्राम एसपीपी अस्वीकार गरेकोमा नेपालको प्रशंसा गरेको छ ।

बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन चाइना डेल्लीका पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्नमा प्रवक्ता वाङ वेनविनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको स्वागत गरेका हुन् ।

प्रवक्ता वेनविनले भनेका छन्, ‘नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।’

चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्न जारी राख्ने उनले स्पष्ट पारेका छन्। वेनविनले भने, ‘क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।’

‘हालै नेपालमा एसपीपी को बारेमा व्यापक विवाद देखिएको छ’, वेनविनले भने, ‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन् ।’

एसपीपीलाई नेपाली स्वयंले राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मानेको उनले जिकिर गरेका छन् ।

 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ८ : ५६ बजे

‘सरकारी अस्पताल नजिक निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी,

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २