१९ माघ २०८२, सोमबार | February 2, 2026

मर्निङवाकमा जलविनायक, इभिनिङवाकमा जितगढी, नास्तामा बटौलीको जेरीपुरी : नगरप्रमुख पाण्डे



बुटवल । बुटवल उपमहानगरमा विजयी भएका नगर प्रमुख, उपप्रमुख सहितका वडाका जनप्रतिनिधिहरुलाई बुटवल नेवाः समाज वडा नम्बर १ र २ तथा जलबिनायक टोलबिकास संस्थाबाट संयुक्तरुपमा सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

बुटवल उपमहानगरपालिका १ स्थित जलबिनायक गणेश मन्दिर परिषरमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान र बधाई ज्ञापन गरिएको हो । उपमहानगरमा मेयर पदमा निर्वाचित खेलराज पाण्डे, उप प्रमुख साबित्रादेवी अर्याल, वडा नम्बर १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष सुनिल शाक्य सहित सदस्यहरुलाई नेवारी परम्परा अनुसारको भादगाँउले टोपी र ढाकाको खादा ओढाएर सम्मान र बधाई ज्ञापन गरिएको छ । संस्थाका तर्फबाट समाजका अध्यक्ष सुपेन्द्रमान श्रेष्ठ र उपाध्यक्ष सितु लाकौलले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खेलराज पाण्डेले पाल्पाको भगवती मन्दिरबाट जितगढी किल्लाको सम्बन्ध कायम गराउने पहल सुरु गरिएको जानकारी दिए। उनले बुटवलमा रहेको सेन राजाहरुको गृष्मकालिन सेन दरवार र सेनहरूको भैरवथान दरबारबीच सम्बन्ध कायम गराई पर्यटन उद्योगको विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले बुटवलको इतिहासमा नेवारहरूको भुमिका उल्लेखनिय देखिएको बताउँदै जातिय साँस्कृतिक पहिचान बोकेको नेवार समुदायसँग आफू चिरपरिचित भएको स्पष्ट पारे।

पुरानो बुटवललाई ऐतिहासिक बनाउन आफु तत्पर रहेको बताउँदै नगर प्रमुख पाण्डेले पुरानो अस्तित्व कायम हुने गरि बुटवलको बिकास गरिने बताए । ‘मर्निङकवाकमा बटौलीको गणेश मन्दिर दर्शन, इभिनिङवाकमा जितगढीमा आरती । नास्तामा बटौलीको परम्परागत जेरिपुरी,’ उनले भने ।

भक्तपुरको शैलीमा घर बनाउन सहयोग पुर्याउन पाण्डेले उद्योगीहरूलाई आग्रह गरे । उनले पुरानो बुटवल बिग्रे खस्यौलीको पनि भविश्य नरहने चेतावनी दिँदै हिजोको खस्यौलीका ठुला उद्योगी व्यवसायी बटौलीले नै उत्पादन गरेको बताए । ‘आफ्नो व्यापार व्यवसाय पारी भएपनि आफुलाई बनाउने पुरानो ठाँउ नबिर्सनुहोस् ।’ उनले व्यवसायीहरुलाई भने ।

उपप्रमुख साबित्रा देबी अर्यालले पुरानो बुटवलको चिनारी हुने गरि बुटवललाई पर्यटकिय शहर बनाउन आवश्यक रहेको बताइन् । प्रत्यक घर परिवार प्रतिबद्धता साथ अगाडि बढे बुटवल ऐतिहासिक बन्न सक्ने बताउँदै उनले पुरानो बुटवललाई बटौली कै नामले सम्बोधन गरिनु पर्ने बताइन् । फुर्सदमा नबस्ने नेवार महिलाहरूको प्रशंसा गर्दै उनले उद्यमी महिलाहरुका लागि उपमहानगरले विशेष कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिइन् ।

आयोजक दुबै संस्थाकी सल्लाहकार ज्ञानु लिगलले बुटवल धार्मिक स्थल भएकाले यस्को संरक्षण गर्न उपमहानगरले विशेष चासो राख्न आग्रह गरिन् ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ३४ बजे

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई

बुटवल-गोरुसिङ्गे सडक बिस्तारमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई बिष्णु पौडेलको चेतावनी

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

महेन्द्रनगर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य