९ चैत्र २०८२, सोमबार | March 23, 2026

बुटवल – १९ को कृषि उत्पादन भैरहवा विमानस्थलबाट विदेश निर्यात गरिने : नगर प्रमुख पाण्डे



बुटवल । बुटवल उपमहानगरपालिकाले धान दिवसको अवसरमाकिसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिकदलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धानवर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन सुरु गरिएको हो ।

रोपाइँ कार्यक्रम अघि आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताए ।

उनले सो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूलसहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड दिन स्थानीयलाई आग्रह गरे ।

‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँका बासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन शुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं,’ उनले भने–’यहाँ उत्पादन भएको तरकारी, फलफुल यहीँ खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाइँहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो दिन्छ ।’

रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नं. १९ का अध्यक्ष चन्द्रसिंह थापासहितका वडाध्यक्ष, सदस्यहरु सहभागी थिए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ५१ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत