१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवल – १९ को कृषि उत्पादन भैरहवा विमानस्थलबाट विदेश निर्यात गरिने : नगर प्रमुख पाण्डे



बुटवल । बुटवल उपमहानगरपालिकाले धान दिवसको अवसरमाकिसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिकदलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धानवर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन सुरु गरिएको हो ।

रोपाइँ कार्यक्रम अघि आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताए ।

उनले सो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूलसहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड दिन स्थानीयलाई आग्रह गरे ।

‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँका बासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन शुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं,’ उनले भने–’यहाँ उत्पादन भएको तरकारी, फलफुल यहीँ खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाइँहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो दिन्छ ।’

रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नं. १९ का अध्यक्ष चन्द्रसिंह थापासहितका वडाध्यक्ष, सदस्यहरु सहभागी थिए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा