२१ बैशाख २०८३, सोमबार | May 4, 2026

स्थानीय तह निर्वाचनबारे कांग्रेसको समीक्षा : गठबन्धनले फाइदा पुग्यो, निरन्तरता दिनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले गठबन्धनका कारण प्रष्ट सैद्धान्तितक मतभेद भएका पार्टीको चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभइ शुभेच्छुक समेतलाई गाह्रो भएको देखिएको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिले प्रदीप पौडेल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनलाई पनि समावेश गरेर तयार गरेको हो । स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको प्रतिवेदनमा यसका बाबजुद पनि गठबन्धनले फाइदा पुगेको उल्लेख गरिएकिो छ ।

गठबन्धनलाई कम्तिमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ। गठबन्धन प्रभावकारी बनाउन केन्द्रको जस्तै संयन्त्र जतिसक्यो चाँडो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म बनाउनुपर्ने बताइएको छ।

मत नदिने चुनौतीका बाबजुद गरिएको गठबन्धनले सफलता पाएको छ । यस पटकको निर्वाचनमा गठबन्धनको सैद्धान्तिक पक्ष तथा औचित्य बारेमा पार्टीको केन्द्रीय तहदेखि तलसम्म एकै तवरको सकारात्म बुझाइ नजानु, गठबन्धनको पालनामा अुशासन खुकुलो हुनु र कार्यकर्तालाई गठबन्धनको औचित्य बुझाउन नसक्नु पार्टीको कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनमा प्रचार प्रसारको शैलीमा आएको परिवर्तनलाई पार्टीले पछ्याउन नसक्दा समस्या हुने उल्लेख गरिएको छ ।

त्यस्तै शहरी क्षेत्रका स्वतन्त्र उम्मेदवार र युवाहरु कांग्रेसका लागि चुनौती रहेको निष्कर्ष निकालेको छ । स्वतन्त्र र युवाहरुबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनु पर्नेमा प्रतिवेदनमा सुझाव दिइएको छ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ७ : १० बजे

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको