३ आश्विन २०८३, शनिबार | September 19, 2026

आलिताल गाउँपालिका कार्यालयमा आगलागी



डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ । शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको हो ।

आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत आगलागीका कारण जलेको छ । बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ ।

पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए। उनले भने, ‘पालिकामा बिहान आगलागी भएको हो । हाम्रो परिवार पालिकाको क्यान्टिनमै बस्दै आएको छ । आगलागी भएको थाहा पाउनेबित्तिकै निभाउन तिर लागेँ । र, थप क्षति हुन पाएन् ।’

आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेकाे छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : २५ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको