१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

आलिताल गाउँपालिका कार्यालयमा आगलागी



डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ । शुक्रबार बिहान पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको हो ।

आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टका अनुसार पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत आगलागीका कारण जलेको छ । बाहिर राखिएको सूचना पार्टीमा समेत आगो लगेको उनको भनाइ छ ।

पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए। उनले भने, ‘पालिकामा बिहान आगलागी भएको हो । हाम्रो परिवार पालिकाको क्यान्टिनमै बस्दै आएको छ । आगलागी भएको थाहा पाउनेबित्तिकै निभाउन तिर लागेँ । र, थप क्षति हुन पाएन् ।’

आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेकाे छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : २५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम