१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपालगन्जका पूर्व मेयरले पूर्व राजाको सालिक राख्ने बहानामा अराजकता भड्काउन खोजे : तुफान (भिडियोसंवाद)



बुटवल । खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले राजनीतिकदलहरुबीच सहमति कायम हुन सके पूर्व राजा बिरेन्द्रको सालिक पुनः स्थापना हुन सक्ने बताएका छन् ।

खबर संवादका लागि गरिएको अन्तरवार्तामा अध्यक्ष तुफानले नेपालगन्जमा सालिक राख्ने उद्देश्यले भन्दा पनि हिँसा र अराजगता भड्काउने उद्देश्यबाट सालिक राख्ने बहाना खोजिएको बताए ।

उनले ५ वर्ष नेपालगन्ज उपमहानगरको मेयर हुँदा एक पटक सालिक राख्ने प्रस्ताव नगरेका पूर्व मेयरकै नेतृत्वमा पदावधी सकिए लगत्तै सालिक राख्न खोज्नु अराजकता भड्काउने प्रयास बाहेक केही नभएको बताए ।

जनयुद्धका पश्चिम नेपालकै हेडक्वाटरकारुपमा रहेको खजुराको विकासका लागि माओवादीले जनयुद्धकाल देखि नै योजना कोेरेको बताउँदै अध्यक्ष तुफानले खजुरालाई कृषि, शिक्षा र स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको बताए । उनले १४ जना भन्दा बढी जनयुद्धका योद्धाहरुले बलिदान दिएको खजुरामा माओवादीले ऋण तिर्न बाँकी रहेको बताए ।

प्रत्येक वडामा कृषि संकलन केन्द्र स्थापना गर्ने र उत्पादनमा अनुदानको सिद्धान्तबाट सिमावर्ती बजारसंग प्रतिस्पर्धा गर्न सक्ने गरि किसानहरुको क्षमता बढाईने उनले भताए । उनले बिजुली, सडक र सञ्चारको पर्याप्त व्यवस्था गरेर खजुरामा उद्योग स्थापना गर्न उद्योगीहरुलाई आकर्षित गरिने योजना आफुले बनाएको बताउँदै छिट्टै लगानी सम्मेलन गरेर उद्योगीहरुलाई खजुरामा आमन्त्रण गरिने पनि बताए ।

खजुरामा ४ वटा वडा मधेसी र मुस्लिम समुदाय बाहुल्य वडा रहेको भन्दै त्यस वडाहरुको शिक्षा, स्वास्थ्य र जनजिविका माथि उठाउन पालिकाले विषेश योजना बनाउने बताउँदै तुफानले त्यस वार्डमा १२ कक्षा सम्म निशुल्क शिक्षा र छात्राहरुलाई शिक्षको पहुँचमा ल्याईने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ७ : २१ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका