२९ असार २०८३, सोमबार | July 13, 2026

नेपालगन्जका पूर्व मेयरले पूर्व राजाको सालिक राख्ने बहानामा अराजकता भड्काउन खोजे : तुफान (भिडियोसंवाद)



बुटवल । खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले राजनीतिकदलहरुबीच सहमति कायम हुन सके पूर्व राजा बिरेन्द्रको सालिक पुनः स्थापना हुन सक्ने बताएका छन् ।

खबर संवादका लागि गरिएको अन्तरवार्तामा अध्यक्ष तुफानले नेपालगन्जमा सालिक राख्ने उद्देश्यले भन्दा पनि हिँसा र अराजगता भड्काउने उद्देश्यबाट सालिक राख्ने बहाना खोजिएको बताए ।

उनले ५ वर्ष नेपालगन्ज उपमहानगरको मेयर हुँदा एक पटक सालिक राख्ने प्रस्ताव नगरेका पूर्व मेयरकै नेतृत्वमा पदावधी सकिए लगत्तै सालिक राख्न खोज्नु अराजकता भड्काउने प्रयास बाहेक केही नभएको बताए ।

जनयुद्धका पश्चिम नेपालकै हेडक्वाटरकारुपमा रहेको खजुराको विकासका लागि माओवादीले जनयुद्धकाल देखि नै योजना कोेरेको बताउँदै अध्यक्ष तुफानले खजुरालाई कृषि, शिक्षा र स्वास्थ्यको हव बनाउने आफ्नो योजना रहेको बताए । उनले १४ जना भन्दा बढी जनयुद्धका योद्धाहरुले बलिदान दिएको खजुरामा माओवादीले ऋण तिर्न बाँकी रहेको बताए ।

प्रत्येक वडामा कृषि संकलन केन्द्र स्थापना गर्ने र उत्पादनमा अनुदानको सिद्धान्तबाट सिमावर्ती बजारसंग प्रतिस्पर्धा गर्न सक्ने गरि किसानहरुको क्षमता बढाईने उनले भताए । उनले बिजुली, सडक र सञ्चारको पर्याप्त व्यवस्था गरेर खजुरामा उद्योग स्थापना गर्न उद्योगीहरुलाई आकर्षित गरिने योजना आफुले बनाएको बताउँदै छिट्टै लगानी सम्मेलन गरेर उद्योगीहरुलाई खजुरामा आमन्त्रण गरिने पनि बताए ।

खजुरामा ४ वटा वडा मधेसी र मुस्लिम समुदाय बाहुल्य वडा रहेको भन्दै त्यस वडाहरुको शिक्षा, स्वास्थ्य र जनजिविका माथि उठाउन पालिकाले विषेश योजना बनाउने बताउँदै तुफानले त्यस वार्डमा १२ कक्षा सम्म निशुल्क शिक्षा र छात्राहरुलाई शिक्षको पहुँचमा ल्याईने बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ७ : २१ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही