१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

रोहिणी खोला बस दुर्घटना अपडेट : ८ जनाको सनाखत, बाबु छोराको मृत्यु



भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो ।

खोलामा खसेका ३२ जना मध्ये ९ जनाको निधन भएकोथियो । दुई जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा पर्दा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस सवारमध्ये ९ जनाको मृत्यु भए पनि समाचार तयार पार्दासम्म एक जनाको पहिचान खुलेको छैन । ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगहपुरका २० वर्षीय दिनेश दास, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने अरविन्द शर्मा, अरविन्द्रका बुवा नागेन्द्र शर्मा र सितामणि भारतका ४५ वर्षीया सञ्जय गुप्ता रहेका छन् । मृत्यु भएका एक जना पुरुष अन्दाजी ३०–३५ वर्षको सनाखत हुन बाँकी छ ।

यात्रु मध्ये ४ जनाको भीम अस्पतालमा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । चालक, सहचालक सहित घाइते यात्रुको भैरहवा स्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये दर्जन बढीको अवस्था गम्भीर र अन्य यात्रुको अवस्था मध्यम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

बाबु छोराको मृत्यु , एकै परिवारका ५ जना

बस दुर्घटनामा परि बाबु छोराको मृत्यु भएको छ । एकै परिवारका पाँच जना सवार बसमा अन्य तीन जना भने घाइते भएका । दुर्घटनामा बुवा नागेन्द्र शर्मा र छोरा अरविन्द्रको मृत्यु भएको छ ।

अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्माको उपचार भइरहेको छ । सीताको इमरजेन्सी कक्षको स्पेसल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमरजेन्सीको सामान्य कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : ५० बजे

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्