१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रोहिणी बस दुर्घटना – घाइतेको छिटो उपचारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको छिटो उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पु¥याएर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा.शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासनप्रमुख तेज केसीलाई घाइतेहरूको छिटो उपचारको व्यवस्था गर्न गृहमन्त्रीले आग्रह समेत गरेका छन् ।

रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं।बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार मृत्यु हुनेमा १ महिला र ८ पुरुष छन् ।

मृतकमध्ये रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ । बाँकीको ४ जनाको सनाखत हुन बाँकी छ । बसमा सवार अन्य ३३ जना घाइते छन् ।

बसका चालक निदाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ९ : ५० बजे

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको