२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नापी कार्यालय बाँकेको कामकाज अनिश्चितकालका लागि बन्द



नेपालगन्ज । रहस्यमय आगलागीबाट सर्भर र कम्प्युटर कक्ष ध्वस्त भएपछि नापी कार्यालय बाँकेको नियमित कामकाज अनिश्चित कालका लागि बन्द भएको छ । हावाहुरीपछि विद्युत गएको बेला शनिवार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागी भएर कम्यूटरमा क्षति पुगेपछि अर्को सूचना जारी नहुँदासम्म नियमित कामकाज अनिश्चित कालका लागि बन्द गरिएको हो ।

नापी कार्यालयले सूचना जारी गरि कार्यालयको डाटा, सर्भर र नेटवर्किङमा क्षति पुगेकोले नियमित काम गर्न नसकिने भएकाले कामकाज बन्द गर्नु परेको जनाएको छ । ‘विद्युत सर्ट भई भएको आगलागीमा परि कार्यालयमा रहेको डाटा, सर्भर र नेटवर्किङ ध्वस्त भएकोले डाटा, सर्भर तथा कार्यालयको नेटवर्किङ सिस्टम पुनस्र्थापित गर्न केहि समय लाग्ने भएकोले यस कार्यालयबाट दिइँदै आएको सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको ब्यहोरा सर्वसाधारण, सवै जग्गा धनी महानुभावमा जानकारी गराइन्छ,’ प्रमुख नापी अधिकृत सहदेव सुवेदीद्वारा जारी सूचनामा भनिएको छ । सूचनामा विद्युत सर्ट भएको उल्लेख गरिएपनि आगलागी भएको समयमा हावाहुरीका कारण विद्युत कार्यालय रहेको स्थानमा विद्युत सुचारु नरहेको बताइएको छ ।

आगलागीमा परि नापी शाखामा रहेका कम्प्यूटर लगायत उपकरण रहने कम्यूटरको कक्ष पूर्णरुपमा नष्ट भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ५ : ३२ बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि