२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नापी कार्यालय बाँकेको कामकाज अनिश्चितकालका लागि बन्द



नेपालगन्ज । रहस्यमय आगलागीबाट सर्भर र कम्प्युटर कक्ष ध्वस्त भएपछि नापी कार्यालय बाँकेको नियमित कामकाज अनिश्चित कालका लागि बन्द भएको छ । हावाहुरीपछि विद्युत गएको बेला शनिवार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागी भएर कम्यूटरमा क्षति पुगेपछि अर्को सूचना जारी नहुँदासम्म नियमित कामकाज अनिश्चित कालका लागि बन्द गरिएको हो ।

नापी कार्यालयले सूचना जारी गरि कार्यालयको डाटा, सर्भर र नेटवर्किङमा क्षति पुगेकोले नियमित काम गर्न नसकिने भएकाले कामकाज बन्द गर्नु परेको जनाएको छ । ‘विद्युत सर्ट भई भएको आगलागीमा परि कार्यालयमा रहेको डाटा, सर्भर र नेटवर्किङ ध्वस्त भएकोले डाटा, सर्भर तथा कार्यालयको नेटवर्किङ सिस्टम पुनस्र्थापित गर्न केहि समय लाग्ने भएकोले यस कार्यालयबाट दिइँदै आएको सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको ब्यहोरा सर्वसाधारण, सवै जग्गा धनी महानुभावमा जानकारी गराइन्छ,’ प्रमुख नापी अधिकृत सहदेव सुवेदीद्वारा जारी सूचनामा भनिएको छ । सूचनामा विद्युत सर्ट भएको उल्लेख गरिएपनि आगलागी भएको समयमा हावाहुरीका कारण विद्युत कार्यालय रहेको स्थानमा विद्युत सुचारु नरहेको बताइएको छ ।

आगलागीमा परि नापी शाखामा रहेका कम्प्यूटर लगायत उपकरण रहने कम्यूटरको कक्ष पूर्णरुपमा नष्ट भएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ५ : ३२ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष