८ चैत्र २०८२, आइतबार | March 23, 2026

बुटवल मण्डपको नाम फेर्ने निर्णय फिर्ता लिन बुटवलमा क्रियाशिल ७ राजनीतिक दलको आग्रह



बुटवल । बुटवलमा क्रियाशिल ७ राजनीतिक दलले बुटवल उपमहानगरले फेरेको बुटवल मण्डपको नामाकरणलाई बिरोध जनाएका छन् । आज अपरान्ह बुटवलमा बसेको ७ दलको बैठकले बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णय फिर्ता लिन उपमहानगरपालिकालाई आग्रह गर्ने निर्णय समेत गरेका छन् ।

बैठक पछि जारी विज्ञप्तीमा बुटवल मण्डप बुटलमा क्रियाशिल सबै राजनीतिक दलहरुको विकासको साझा धारणा भएको उल्लेख गर्दै बुटवल मण्डपको नाम आम जनसमुदायको भावनात्मक अपनत्वसँग पनि जोडिएको बिषय भएको जनाईएको छ । दलरुको बैठकले आव ०७९/८० को उपमहानगरको बजेट र नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको गिरिजा प्रसाद कोईराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव फिर्ता लिन उपमहनगरसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष किसन ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टीका मेकबहादुर सारु, मंगोल नेशनल अर्गनाईजेशनका खिमबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीका रामशंकर गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका एनबी शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण प्रसाद श्रेष्ठ र राष्ट्रिय जनमोर्चा (समन्वय समिति) का बाबुराम गौतमले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ११ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय