२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सञ्चारप्रति अनुदार मन्त्री र मन्त्रीको निर्देशन नमान्ने कर्मचारीका कारण लुम्बिनीमा सञ्चार क्षेत्रको करोड बढी बजेट फ्रिज



बुटवल । अनुभवहिन मन्त्री र गैरजिम्मेवार कर्मचारी प्रशासनका कारण लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रलाई छुट्टाएको विनियोजित बजेट यस वर्ष पनि फ्रिज भएको छ । नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई बजेट बिनियोजन गरिएपनि सञ्चारमन्त्रीको कमजोरी र कर्मचारीको बदमासीका कारण सो बजेट फ्रिज भएको हो ।

लुम्बिनी प्रदेश सरकार र प्रदेश सरकारका कर्मचारीले सञ्चार क्षेत्रलाई हेर्ने गिद्दे दृष्टिले गर्दा हरेक वर्ष विनियोजन गरिएको बजेट फ्रिज हुँदै आएको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा सञ्चार क्षेत्रलाई छुट्टाएको अधिकांश बजेट विभागीय मन्त्री तथा कर्मचारीहरुको चरम लापरवाहीका कारण फ्रिज भएको हो । अघिल्लो सरकारमा सञ्चारमन्त्री रहेका वर्तमान मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकालमा जस्तै वर्तामान सञ्चारमन्त्री तिलकराम शर्माको कार्यकालमा पनि सञ्चार क्षेत्रको अधिकांस बजेट फ्रिज भएको छ ।

तत्कालीन मुख्यमन्त्री एवं हालका नेकपा एमालेका महासचिव शंकर पोख्रेल हुँदा पनि सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनले बाहेक अरु कसैले पनि नपाएर बजेट नदिएर विनियोजित बजेट फ्रिज गराएको थियो भने चालु वर्षमा पनि केही अनुत्पादक असारमा गरिने सेमिनार, गोष्ठी र तालीमका खर्च गरिने बाहेकका सञ्चार संस्था र सञ्चारकर्मीका नाममा छुट्टाईएको बजेट फ्रिज गराइृएको छ।

लुम्बिनी सरकारले प्रतिस्थापन विधेयकमार्फत् सञ्चार क्षेत्रलाई विनियोजन गरेको रकमलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको अनुभवको कमीका कारण मन्त्रालयका कर्मचारीहरुबीच समन्वय हुन नसक्दा बजेट फ्रिज भएको मनत्रालयकै एक कर्मचारीले बताएका छन् । विनियोजित बजेट खर्च गर्ने विषयमा कार्यविधि बनाउन कर्मचारीहरुले चासो नदिएपछि सो रकम फ्रिज हुने अवस्थामा पुगेको बताइएको छ । यद्देपी मन्त्री आफैले बजेट खर्च गर्ने विषयमा सक्रिय चासो नदेखाएपछि कार्यबिधि नबनेको ती कर्मचारीले बताए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले पत्रकारहरुलाई लेखनवृत्तिका लागि छुट्टाएको २० लाख रुपैयाँ, रेडियो उपकरण अनुदान शीर्षकमा २० लाख रुपैयाँ, सञ्चार सम्बद्ध संघसंस्थाहरुलाई दिनका लागि छुट्टाइएको २५ लाख र प्रदेशमा दर्ता भएर सञ्चालन आएका अनलाइन (डिजिटल पत्रिकाका) लागि अनुदान छुट्टाइएको २० लाख रकम पनि फ्रिज भएको हो । अनलाईन पत्रिकाहरुलाई आर्थिक वर्ष सकिनै लाग्दा सूचीकृत हुन सुचना जारी गर्दै आवश्यक खर्चको प्रस्ताव समेत मागेर पनि सूचीकृत हुन दिईएको आवेदन रद्दीको छोकरीमा फाल्दै सबै बजेट फ्रिज गराईएको छ ।

सञ्चारमाध्यमलाई हेर्ने गलत दृष्टिले बजेट फ्रिज हुनु भनेको सरकारी संयन्त्रको लाचारीपन छर्लङ्ग भएको पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले बताए । उनले सरकारकै अनिच्चछाका कारण बजेट फ्रिज भएको दाबी गर्दै अनुत्पादक कामका पुरानो मितिको सम्झौता देखाएर कर्मचारी निकटका केही व्यक्तिहरुले बजेट हात पार्न सफल भएको बताए ।

प्रदेशमा सञ्चारलाई विनियोजन गरिएको बजेट फ्रिज भईरहँदा प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भने जनकपुरमा रेल चढेर मजा लिईरहेका थिए । बजेट फ्रिज भएको सम्बन्धमा चासो राख्दा आफ्नो अनुभवको कमी भएको मन्त्री शर्माले स्विकार गरे । खबरकुरासंग कुरा गर्दै उनले आफ्नो अनुभवको कमी र कर्मचारीको अटेरीका कारण बजेट फ्रिज भएको बताए । पटक पटक कार्यबिधि बनाउन आफुले कर्मचारीलाई निर्देशन दिएपनि कर्मचारीहरुले बेवास्ता गरेको मन्त्री शर्माले गुनासो गरे । ‘लामो समय मन्त्रालय सचिव बिहिन भयो, सचिव आएपछि पनि विभागिय प्रमुखहरु रहेनन्, रहेका कर्मचारीले निर्देशनको बेवास्ता गरे ।’ मन्त्री शर्माले भने ।

सञ्चारलाई शिर्शक अनुसार विनियोजित बजेट फ्रिज भएपनि मन्त्रालयमा नाम दर्ता भएका तर कार्यालय नभएका संस्था एवं कम्पनीलाई भने मन्त्रालयबाट रकम बाँडिएको छ ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ५० बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा