१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल



काठमाडौं । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा चहलपहलसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोल बम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यसवर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका थिए । चान्द्रमास अनुसार यसवर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो ।

साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउन भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ ।

यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ । पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा साउन महिनाको पनि सोमबार विशेष भीड लाग्ने गर्छ । यसवर्ष साउनमा पाँच सोमबार परेका छन् । पाँच सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।

धार्मिक संस्थाको आयोजनामा यसवर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ । भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ ।

यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन् । साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १०० कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ३६ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन